मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक ६ आइतबार १५:१५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फेरि प्रधानमन्त्रीको दौडमा बोरिस जोनसन

Read Time : < 1 मिनेट
२०७९ कार्तिक ६ आइतबार १५:१५:००

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन लेबर पार्टीको नेतृत्वका लागि औपचारिक प्रयास सुरु गर्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गर्दै शनिबार स्वदेश फिर्ता भएका छन्। 

गत जुलाई ७ मा मन्त्रीले एकपछि अर्को गर्दै राजीनामा दिएपछि प्रधानमन्त्री जोनसन राजीनामा दिन बाध्य भएका थिए।  जोनसनले अब प्रधानमन्त्रीको दौडमा भाग लिने इच्छा व्यक्त गर्दै आफू यसका लागि तयार रहेको बताएका छन्।  

जोनसनको क्याबिनेटमा रहेका पूर्वअर्थमन्त्री ऋषि सुनकले पनि टोरी र बेलायती प्रधानमन्त्री पदका लागि एक सयभन्दा बढी मनोनयन प्राप्त गरेका थिए।

प्रधानमन्त्री लिज ट्रसको राजीनामापछि पार्टी नेताका लागि एक सय मनोनयनको थ्रेसहोल्डमा पुग्ने सुनक शुक्रबार अबेर टोरी नेतृत्वका पहिलो दाबेदार बनेको छ।  

पछिल्लो नेतृत्वको प्रतिस्पर्धामा ट्रससँग पराजित भएका सुनकलाई बेलायतको प्रधानमन्त्रीको दौडमा प्रवेश गर्न कन्जरभेटिभ पार्टीका कम्तीमा सय सांसदको समर्थन प्राप्त भएको थियो। 

प्रधानमन्त्री ट्रसले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बेलायतको इतिहासमा यो एउटा महत्वपूर्ण घटनाक्रम हो। राजीनामाले देशलाई राजनीतिक उथलपुथलमा फसाएको छ र स्थिर सरकारको खोजी गरेको छ। यता विपक्षले आमचुनावको माग दोहार्‍याएका छन्। हाउस अफ कमन्सकी टोरी नेतृ पेनी मोर्डाउन्टले पनि शुक्रबार आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। 

‘नयाँ सुरुवात, एकताबद्ध पार्टी र राष्ट्रियहितमा नेतृत्व चाहने सहकर्मीहरूको समर्थनबाट म उत्साहित भएको छु,’ मोर्डाउन्टले ट्विटरमा लेखेका छन्। टोरी सांसदहरूले सोमबार मतदान गर्नेछन्। यसको  नतिजा २८ अक्टोबर घोषिणा हुनेछ। 

पदबाट राजीनामा दिएपछि ट्रस सबैभन्दा छोटो समय सेवा गर्ने बेलायती प्रधानमन्त्री बनेकी छिन्। उनले आफू निर्वाचित भएको जनादेश पूरा गर्न नसक्ने बताउँदै राजीनामा दिएकी हुन्।