१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
२o८२ बैशाख २६ शुक्रबार १२:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध गाँजासहित एकजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार १२:१५:oo

धनकुटाको सहिदभूमि गाउँपालिका– ५, खोकुका ३१ वर्षीय उद्धव राईलाई लागुऔषध गाँजासहित आज बिहान प्रहरीले पक्राउ गरेको छ। साँगुरीगढी गाउँपालिका– ६, भेडेटारबाट लागुऔषध गाँजा १० केजीसहित राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताए।

धनकुटाको हिलेबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ४३२६ नम्बरको टाटा विंगर माइक्रोलाई चेकजाँच गर्ने क्रममा उक्त गाँजा प्रहरीले फेला पारेको थियो । माइक्रोको पछाडिको भाग डिकीमा राखिएको जेब्रा झोलामा १० केजी गाँजा प्याक गरी राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो। 

इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानको टोलीले गाँजा फेला पारेपछि गरिएको प्रारम्भिक अनुसन्धानबाट सोही माइक्रोमा सवार सहिदभूमि गाउँपालिका– ५, का उद्धव राईको गाँजा रहेको खुल्न आएपछि उनलाई तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याई आवश्यक अनुसन्धान गरिरहेको डिएसपी खनालले बताए।