१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ५ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका म्याकलेस्टर
२o७९ कार्तिक ५ शनिबार १९:५८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नौमहिने छोरीको हत्या गर्ने बाबुलाई मृत्युदण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याकलेस्टर
नयाँ पत्रिका
२o७९ कार्तिक ५ शनिबार १९:५८:oo

ओक्लाहोमामा ९ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ। बेन्जामिन कोल गम्भीर रूपमा मानसिक बिरामी भएको उनका वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो।

गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागू भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन्। स्टेचरमा बाँधिएका कोलले इसा मसीलाई केही क्षण सम्झिएका थिए। त्यसपछि उनलाई दश बजेर छ मिनेट जाँदा घातक औषधि दिइएको थियो। १० बजेर १२ मिनेट जाँदा उनी बहोस् भइसकेका थिए। त्यसपछि पनि मृत्यु कक्षमा उनी घुरेको आवाज सुनिएको थियो।

अन्ततः कारागार प्रशासनले १० बजेर २२ मिनेटमा उनलाई मृत घोषणा गर्‍यो। कोलले सन् २००२ मा आफ्नी नौ महिनाकी छोरी ब्रायना कोललाई जबर्जस्ती पछाडि झुकाएर उनको मेरुदण्ड भाँच्नका साथै रक्तधमनी च्यातेर मारेका थिए। गम्भीर रूपमा मानसिक बिरामी उनले उक्त अपराध गरेको उनका वकिलहरूले स्वीकार गरेका छन्।