१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
डिलाराम भुसाल कपिलवस्तु
Invalid date format २१:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कपिलवस्तुमा सशस्त्रकाे ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, ६ घाइते

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format २१:५२:oo

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार साँझ ८ बजे जिल्लाको बाणगंगा नगरपालिका-३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा साइकलमा सवार यात्रु र एकजना सशस्त्र प्रहरीको मृत्यु भएको हो।

मृत्यु हुनेमा सवारी चालक सशस्त्र प्रहरीका रमेश चौधरी र स्थानीय  साइकलयात्री अमर तङनामी  रहेको प्रहरीले बताएको छ। चारनम्बर जितपुरबाट तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ट्रक अनियन्त्रित हुँदा साइकलयात्रीलाई ठक्कर दिएर दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शीले  बताए। 

दुर्घटनामा ६ जनाभन्दा बढी प्रहरी घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ। नीहररूकाे थप उपचारको लागि बुटवल रेफर गरिएको छ। बाँकी चारजनाकाे कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। ट्रक दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेका थिए।