Skip This
घरजग्गा कारोबारबाट दुई अर्ब ५६ करोड राजस्व संकलन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Sunday, 16 June, 2024
२o७९ कार्तिक ४ शुक्रबार १५:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

घरजग्गा कारोबारबाट दुई अर्ब ५६ करोड राजस्व संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार १५:३६:oo

०७८ असोजमा देशभरका मालपोत कार्यालयले रु. सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ बराबरको राजस्व संकलन गरेको थियो।

घरजग्गाको कारोबार अपेक्षित रूपमा राम्रो थियो। सरकारले प्राप्त गर्ने राजस्वसमेत उल्लेख्य नै थियो। 

गत असोजमा भने रु. दुई अर्ब ५६ करोड ९३ लाख ४८ हजार तीन सय ९३ बराबरको राजस्व संकलन भएको छ।

एक वर्षको अवधिमा नै झन्डै ७० प्रतिशतका दरले राजस्व संकलनमा गिरावट भएको छ। यसबाट घरजग्गाको कारोबारमा उल्लेख्य रूपमा गिरावट भएको देखिन्छ। 

देशभरको कारोबारको विवरण राख्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार ०७७ असोजमा रु. पाँच अर्ब २७ करोड २० लाख ५३ हजार आठ सय तीनबराबरको राजस्व संकलन भएको थियो।

पछिल्ला तीन वर्षको विवरण हेर्दा यस वर्षको असोजमा राजस्व संकलन मात्रै होइन, कित्ताकाट र लिखत पारितसमेत उल्लेख्य रूपमा घटेको देखिन्छ।

त्यसको पछाडि नेपाल राष्ट्र बैंकले घरजग्गामा जाने ऋणमाथि गरेको कडाइ नै प्रमुख कारण रहेको यस क्षेत्रका जानकारको भनाइ छ। 

घरजग्गामा हुने ऋण लगानीलाई केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रका रूपमा घोषणा गरेको छ। काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशतबराबर मात्रै ऋण उपलब्ध गराउने भन्ने व्यवस्था चालू आवको मौद्रिक नीतिमा गरिएको छ। 

मुलुकको आर्थिक अवस्था पनि खासै राम्रो नभएको तथा लगानीका अन्य क्षेत्रले समेत कर्जा नपाएको अवस्थामा घरजग्गामा सहजै मात्रामा ऋण उपलब्ध हुने अवस्था छैन।

विभागका अनुसार चालू आवको पहिलो महिनाअर्थात् गत साउनमा घरजग्गाको कारोबारबाट रु. दुई अर्ब ७३ करोड ७२ लाख ४१ हजारबराबर राजस्व संकलन भएको थियो। त्यस्तै, गत भदौमा रु. तीन अर्ब ५६ करोड २९ लाख तीन हजार नौ सय बराबरको राजस्व संकलन भएको थियो। 

विभागका अनुसार गत असोजमा मात्रै २७ हजार आठ सय ५० घरजग्गाको कारोबार भएको छ। त्यस्तै, भदौमा एक लाख आठ हजार आठ सय ८१ वटा कारोबार भएको थियो। 

साउनमा भने कुल ९८ हजार ६४ वटा कारोबार भएका थिए। कारोबारको मात्रामा समेत गिरावट आएको विभागको विवरणमा देखिन्छ। 

भूउपयोग नीतिअनुसार स्थानीय तहले जग्गाको वर्गीकरण गर्न समय लागेकाले पनि नापी तथा मालपोत कार्यालयमा अपेक्षा गरेअनुसारको घरजग्गाको कारोबार हुन नसकेको बताइन्छ। 

ad
ad
ad
ad