१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितुवाको आक्रमणबाट तनहुँमा ११ वर्षीया बालिकाको मृत्यु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५o:oo

चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा तनहुँमा १२ बालबालिकाले ज्यान गुमाए

तनहुँको बन्दीपुर गाउँपालिका– ३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

आफ्नो घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणमा परेर ती बालिकाको मृत्यु भएको हो । आज बिहान ६:३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको छ ।

उनले भने, ‘घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ ।’ बालिका सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन् । पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका– १ र ४ मा चितुवाको आक्रमणबाट एकजना बालकको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए ।  

चितुवाको आक्रमणबाट बन्दीपुर– १ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका– ४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका– १ बाघदलेका ३५ वर्षीया भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए ।  

पछिल्ला केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।  
 

ad
ad