१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format o६:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमको जहाज अफ्रिकामा ग्राउन्डेड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१८:oo

नेपाली सेनालाई बोकेर गएको नेपाल वायुसेवा निगमको न्यारोबडी एयरबस ३२० जहाज अफ्रिकाको मालीमा ग्राउन्डेड भएको छ । जहाजको ल्यान्डिङ गियरको एउटा पांग्रा पन्चर भएपछि चार्टर्ड उडान गरेर गएको जहाज उतै ग्राउन्डेड भएको हो ।

बुधबार राति काठमाडौंबाट शान्ति मिसनमा खटिएका सेनाहरूको टोलीलाई बोकेर दोहा हुँदै माली पुगेको थियो । शुक्रबार मालीबाट ७५ जना सेना बोकेर स्वदेश फिर्ता आउनुपर्ने जहाज जगेडा पांग्रा नहुँदा ग्राउन्डेड भएको छ । ‘जहाजको पांग्रा पन्चर भएपछि ग्राउन्डेड भएको खबर आएको छ, हाम्रो प्राविधिक टोली छिटोभन्दा छिटो टायर उपलब्ध गराएर जहाजलाई रेस्क्यु गर्न जुटिसकेको छ,’ निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने, ‘सकेसम्म मालीमै पांग्रा भाडामा लिने प्रयासमा छौँ, त्यो सम्भव नभए यहीँबाट भए पनि पांग्रा लगेर जहाज छिटो उडाउँछौँ ।’

जगेडा पांग्रा नभएको हुँदा जहाज ग्राउन्डेड हुनुपरेको अधिकारीले बताए । ‘हरेक उडानमा जहाजले जगेडा पांग्रा बोकेर जाँदैन, नियमित गन्तव्यको उडानमा यस्तो समस्या आउँदा तत्कालै समाधान हुन्छ, तर चार्टर्ड उडानमा व्यवस्थापन गर्न अलिक समय लाग्ने रहेछ,’ उनले भने ।