Skip This
पुरुष भलिबलको उपाधि एपिएफलाई
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक ३ बिहीबार
  • Tuesday, 16 September, 2025
२o७९ कार्तिक ३ बिहीबार १७:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पुरुष भलिबलको उपाधि एपिएफलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ३ बिहीबार १७:३६:oo

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले जितेको छ। बिहीबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा अर्काे विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि उचालेको हो।

एपिएफले पहिलो सेट २५–२१, दोस्रो सेट २७–२५ र अन्तिम सेटमा २६–२४ अंकसहित आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पार्यो। नवौँ संस्करणसम्म आइपुग्दा एपिएफले उपाधि उचालेको यो दोस्रोपटक हो। एपिएफले यसअघि छैटौँ संस्करणमा उपाधि जितेको थियो।

फाइनल पुग्नुअघि एपिएफले सेमिफाइनलको खेलमा घरेलु टोली गण्डकी प्रदेश र आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम दुईमा आफनो स्थान बनाएका थिए।

तेस्रो स्थानका लागि बिहीबार सम्पन्न खेलमा पुलिसले गण्डकी प्रदेशलाई २६–२४, २५–१४ र २५–१८ अंकसहित सोझो सेटमा पराजित गरेको थियो। पुरुष भलिबलमा सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिमको सहभागिता रहेको थियो।