Skip This
कर्णालीका हवाई उडानमा भएको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १ मंगलबार १७:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीका हवाई उडानमा भएको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १७:१८:oo

वायुसेवा सञ्चालक संघ नेपालले कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकहरूलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थप गर्ने बताएको छ।

मंगलबार कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीसँग भएको छलफलमा संघले वायुसेवा कम्पनीहरूसँग भएका हवाई उडान थप गरेर अलपत्र नागरिकहरूलाई नजिकको विमानस्थलमा उद्धार गर्ने प्रतिबद्धता जनाएको हो। छलफलमा बोल्दै संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कर्णालीमा वर्षाको कारण सडकमार्ग अवरुद्ध हुँदा हवाई उडानमा देखिएको समस्या समाधान गर्न निजी वायुसेवा सञ्चालकहरूसँग भएका जहाजको उडान थप गर्ने प्रतिबद्धता जनाए। 

कर्णालीको हवाई उडान समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले सहकार्य गर्नुपर्ने बताउँदै उनले अलपत्र परेकाको उद्धारका लागि सरकारले नेपाल एयरलाइन्स र नेपाली सेनाको जहाज प्रयोग गर्नुपर्ने औँल्याए। क्याप्टेन थापाले कर्णालीमा हवाई उडानको लागि भइरहेको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था गर्ने सहमति भएको पनि जानकारी दिए।

प्रदेशका पूर्वआन्तरिक मामिलामन्त्री भण्डारी नेतृत्वको टोलीले मंगलबार नै पर्यटनमन्त्रीलाई भेटेर कर्णालीमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न माग गरेको थियो।