१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्व बैंक र आइएमएफको बैठकमा सहभागी भएर अर्थमन्त्री शर्मा स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२४:oo

अर्थमन्त्री जनार्दन शर्मा अमेरिकामा भएको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को ५३औँ संयुक्त बैठकमा सहभागी भएर मंगलबार बिहान स्वदेश फर्किएका छन्।

अमेरिकाको वासिङ्टन डिसीमा अर्थमन्त्री शर्माले विश्व बैंक र आइएमएफको ५३औँ संयुक्त सरकारी वार्षिक बैठकअन्तर्गत २६ असोजमा दक्षिण पूर्वी एसिया भूभागको अध्यक्षता गरेका थिए। सोही दिन अमेरिकी सहयोग नियोग युएसएडको प्रशासक सामन्थ पावरसँग समेत अलग्गै भेट भएको थियो।

बैठकमा विश्व अर्थतन्त्रमा देखिएका बहुसंख्य समस्या र चुनौतीका विषयमा छलफल भएको थियो। त्यस्तै जलवायु परिवर्तनका कारण सिर्जित समस्यासँग जुध्न अपनाउनुपर्ने उपायबारे पनि बैठकमा विस्तृत छलफल भएको थियो।

करिब दुई साता अमेरिका बसाइका क्रममा शर्माले थाइल्यान्डका अर्थमन्त्री अखोम टर्मपित्तापेसिथ, विश्व बैंकका अध्यक्ष मार्टिन रेजर, नोबेल पुरस्कार विजेता जोसेफ स्टिगलिजलगायतलाई भेट गरेका थिए। त्यस्तै, अमेरिकी दूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गरेको विभिन्न कार्यक्रममा मन्त्री शर्मा सरिक भए।

बसाइका क्रममा मन्त्री शर्मा, अर्थ सचिव कृष्णहरि पुस्कर, गभर्नर महाप्रसाद अधिकारीलगायत आइएमएफको एसिया प्यासिफिक विभागको अलग्गै बैठकमा पनि सहभागी भएका थिए। विश्वको अर्थतन्त्रको अवस्था र आबद्ध राष्ट्रले लिएको आर्थिक नीतिबारे उक्त बैठकमा छलफल भएको थियो।

अर्थसचिव पुस्कर र गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को दक्षिण एसिया क्षेत्रीय बैठकमा समेत सहभागिता जनाए। सो बैठकमा नेपालमा लगानी वृद्धि गर्ने र आइएफसीको निजी क्षेत्रसँगको संलग्नतामा भएका साझेदारी कार्यक्रमलाई पनि बढाउने विषयमा छलफल भएको थियो।

त्यस्तै, अर्थसचिव पुस्कर र गभर्नर अधिकारीले आइएमएफको एसिया प्यासिफिकको क्षेत्रीय निर्देशक कृष्ण सिरिभन्सासँग अलग्गै बैठक गरी नेपालको सूक्ष्म अर्थतन्त्रबारे छलफल गरेका थिए।