१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १३:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक अवरुद्ध भएपछि कक्षा १२ को परीक्षा जुम्लामै कायम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५४:oo

गत साता अविरल वर्षासँगै आएको बाढीपहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि कक्षा १२ को परीक्षा केन्द्र जुम्ला कायम गरिएको छ। 

जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीको परीक्षा यातायातको साधन नभएर पुग्न नसकेपछि जुम्लामै कायम गरिएको हो। 

पहिरोले कर्णाली राजमार्ग बन्द भएको र जहाज पर्याप्त नआएपछि कक्षा १२ का  २७ जना परीक्षार्थीका लागि परीक्षा नियन्त्रण कार्यालयको स्वीकृतिमा केन्द्र जुम्लामा नै बनाई परीक्षा दिने व्यवस्था मिलाइएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार परीक्षाको समयमा राजमार्ग पहिरोले अवरुद्ध भएको र हवाईजहाज अनियमित भएपछि विद्यार्थीको भविष्य अन्याेलमा नहोस् भन्दै प्रशासनले विकल्पका लागि परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा बाेर्डलाई विकल्पका लागि अनुरोध गरिएको थियो।
 
सोहीअनुसार विपतकाे समयमा नियन्त्रण कार्यालयले जुम्लामा स्वीकृति दिएको उनले बताइन्। उनका अनुसार चन्दननाथ उच्च माध्यमिक विद्यालयमा ती विद्यार्थीको परीक्षा हुनेछ। 

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अर्जुन रायमाझीका अनुसार कठिन परिस्थितिमा विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको अनुरोधमा जुम्लामा परीक्षा सञ्चालन गर्न अनुमति दिइएको तथा पत्रसमेत पठाइएको बताए।