१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वामगठबन्धनबाट पाठ सिकेर आएँ, यही गठबन्धन नेचुरल हो : अध्यक्ष प्रचण्ड

हँसिया–हथौडा र रुखमा भोट हाल्न हात काँप्ने कार्यकर्ताले १२ बुँदे र विस्तृत शान्ति सम्झौताको महत्व बुझेका छैनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४५:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र कांग्रेसको गठबन्धन ‘नेचुरल’ रहेको बताएका छन्। गोरखा सदरमुकाममा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा शनिबार भएको गठबन्धन दलका उम्मेदवारहरुको परिचयात्मक तथा अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘हामीले राजनीतिक स्थायित्वका लागि बामगठबन्धन गरियो। विकास र समृद्धि गर्ने भनेर पार्टी एकता गरियो। तर, तीन वर्ष नपुग्दै भताभुङ्ग भयो,’ उनले भने, ‘उल्टै पार्टीभित्रैबाट निरङ्कुशता, छलकपट, बेइमानी देखियो। त्यसैले नेपाली कांग्रेस, माओवादी र अन्य लोकतन्त्रवादी तथा बामपन्थी पार्टीको गठबन्धन नै नेचुरल गठबन्धन हो।’ एमालेसँगको गठबन्धनबाट आफूले ज्ञान प्राप्त गरेको बताउँदै उनले भने, ‘त्यो ज्ञान अब यो गठबन्धनलाई काम लाग्छ। अहिले काम लागिरहेको छ।’

देशको संविधान र लोकतन्त्रको  रक्षा, राजनीतिक स्थायित्व र समृद्धिका निम्ति यो गठबन्धन निर्माण उनको तर्क छ। ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भइसकेपछि हामीले निकै ठूलो उपलब्धीका रुपमा आत्मसात पनि ग¥यौँ। तर, त्यो संविधान घोषणा भएको केही वर्ष नबित्दै त्यहि संविधानमाथि प्रहार भयो,’ उनले भने। सबै राजनीतिक शक्तिहरु मिलेर ल्याएको लोकतन्त्रमाथि प्रहार गरी देशलाई फेरि निरङ्कुशता र अराजकतातर्फ धकेल्ने दुष्साहसकाविरुद्ध सडकमा समेत जानुपरेको उनले स्मरण गराए। 

त्यस्तै, उनले अभैm पनि हँसिया–हथौडा र रुखमा भोट हाल्न हात काम्ने कार्यकताले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको महत्व नबुझेको तर्क गरे। ‘नेपालको इतिहासमा हामीले अहिले जुन राजनीतिक परिवर्तनको कुरा गरेका छौं, जुन संविधानको रक्षा, लोकतन्त्रको रक्षाको कुरा गरेका छौं, त्यसको जग १२ बुँदे समझदारी हो। अझ ठोस रुपमा भन्ने हो भने विस्तृत शान्ति सम्झौता नै हो। जसमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले र मैले हस्ताक्षर गरेका छौं,’ दाहालले भने। सबैको भावना र चाहना मिलेकाले विस्तृत शान्ति सम्झौता भएको र त्यसबाटै नेपालमा नयाँ राजनीतिक परिवर्तनको युगको सुरुवात भएको उनले बताए।

फरक प्रसंगमा उनले गोरखाको विकट गाउँपालिका चुमनुब्री र धार्चेलाई छुट्टै जिल्ला बनाउनुभन्दा पनि स्वयत्त तथा विशेष क्षेत्र बनाएर सम्बोधन गरिनुपर्ने बताए।