१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गोरखाबाट समृद्धिको क्रान्ति थाल्नेछु : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:२o:oo

माओवादी अध्यक्ष प्रचण्डले गोरखाबाट नयाँ समाजवादी आन्दोलन र समृद्धिको क्रान्ति थाल्ने बताएका छन् । गोरखामा शुक्रबार आयोजितअगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

‘यही अवस्थामा म फेरि चिनकाङसाङ फर्केको छु । फेरि एउटा राजनीतिक क्रान्ति, फेरि एउटा नयाँ अभियान, नयाँ रुपान्तरणका लागि गोरखा फर्केको छु,’ चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङ पार्टी र देशका विभिन्न समस्या समाधानका लागि चिनकाङसाङ फर्किएको चर्चा गर्दै उनले भने, ‘चिनकाङसाङ, जहाँ माओले जनयुद्धको तयारी गर्नुभएको थियो, जहाँबाट छापामार युद्धको सुरु भएको थियो, त्यहाँ जानुभयो र भन्नुभयो म फेरि चिनकाङसाङ आएँ । म पनि त्यहीँ फर्किएको छु ।’

गोरखा २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका प्रचण्डले नयाँ जनक्रान्तिका संकल्पका लागि उम्मेदवार बनेर गोरखा फर्किएको जिकिर गरे । उनले गोरखामा आफ्नो युवा अवस्था बिताएको र युद्धको थालनी पनि यहीँबाट गरेको चर्चा पनि गरे । 

ad
ad