मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
सौरभ यादव राजविराज
Invalid date format १९:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिटरब्याजी साहुविरुद्ध १३ औँ पटक प्रदर्शन, भेटिँदैनन् आरोपी !

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १९:३७:oo

मिटरब्याजी साहुकार रामदेव साह तेलीबाट पीडित भएकाहरुले शुक्रबार  जिल्ला प्रहरी कार्यालय सप्तरीअगाडि नाराबाजी गर्दै प्रर्दशन गरेका छन्।

स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साहुकार साह परिवारलाई कारबाही गरलगायतका नाराबाजी गर्दै प्रहरी कार्यालय पुगेर पीडितहरुले करिब एक घण्टा नाराबाजी गरेका थिए। 

मिटरब्याजी ठगी तथा अपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी रहेका साहलाई पक्राउ गर्न विगत तीन महिनाको अवधिमा पीडितहरुले शुक्रबार १३ औं पटक प्रदर्शन गरेका हुन्।

यस अघि मिटरब्याजी साहबाट पीडित भएकाहरुद्वारा गठित संर्घष समितिले १२ पटक उनको पक्राउको माग गर्दै सदरमुकाम राजविराजमा प्रर्दशन गरिसकेका छन्।

यता साहका छोरा नन्दकिशोर र छोरी अनुराधा भने तीन महिना अघि नै पक्राउ परी ठगी तथा अपराधिक विश्वासघात मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि राजविराज कारागारमा छन्।

सो मुद्दामा फरार रहेका साहलाई खोजी गर्न प्रहरीले लागिपरे पनि हालसम्म फेला नपरेको र लुकेर बसेको हुन सक्ने सम्भावित स्थानहरुमा खोजतलास कार्य जारी राखेको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए। 

साह परिवारमाथि जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय व्यक्तिले लिएको ऋण र ब्याज चुक्ता गरिसके पनि धितो फिर्ता नगरेको आरोप छ।