१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १८:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पशुपतिनाथमा चढाइएका सामग्री बिक्री गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १८:१८:oo

पशुपतिनाथमा भक्तजनहरूले चढाएका सामग्रीहरूको बिक्री सुरु गरिएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरूले अर्पण गरेका गहना, लत्ताकपडालगायतका जिन्सी सामग्रीलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो। 

कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री–वितरण सुरु गर्न थालेको जनाएको छ। मन्दिरमा संकलन भएका विभिन्न ३१ प्रकारका सामग्रीलाई तोकिएको मूल्यमा बिक्री गर्न थालिएको पशुपति क्षेत्र विकास कोष संस्कृति, संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले बताए।

भक्तजनले श्रद्धाले चढाएका सामग्रीलाई सर्वप्रथम कोषको गणना कक्षमा ३२ प्रकारका सामग्रीलाई आम्दानीको रूपमा दाखिला गरिने र सोही सामग्री बिक्री कक्षमार्फत बिक्री गरिने उनले जानकारी दिए।

उनले खद्दरको मोटो गम्छाको एक सय १० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको सय रुपैयाँ, सिल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको एक सय ५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो एक सय १० रुपैयाँ, र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको पनि उल्लेख गरे। उनले पशुपति विकास कोषको आयलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सामग्रीको बिक्री गरिएको स्पष्ट पारे।