१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
रासस बग्दाद
२o८१ जेठ ५ शनिबार १३:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

इराकको राष्ट्रपतिमा रसिद निर्वाचित

Read Time : < 1 मिनेट
रासस, बग्दाद
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १३:o३:oo

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित भएका छन्। संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए। नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुईपटक मतदान भएको थियो।

देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ। नवनिर्वाचित राष्ट्रपति रसिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गर्नेछन्। रसिदले उनलाई नै पराजित गरेका हुन्।

मतदानमा सहभागी सांसदहरूमध्ये एक् सय ६० जनाले नवनिर्वाचित राष्ट्रपति रसिदलाई समर्थन गरेका थिए भने ९९ जनाले सालेहलाई मतदान गरेका थिए। नयाँ राष्ट्रपति चयन गर्न इराकको संसद् यसअघि दुईपटकसम्म असफल भएको थियो।

अहिले ७८ वर्ष उमेर पुगेका रसिद यसअघि सन् २००३ देखि २०१० सम्म जलस्राेतमन्त्री भएका थिए।

ad
ad