१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरका सञ्चारकर्मीको आँखा परीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o३:oo

हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ मकवानपुरले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ ।

विश्व दृष्टि दिवसको अवसरमा आयोजित शिविरमा ६६ जना सञ्चारकर्मीको आँखा परीक्षण गरिएको महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमले जानकारी दिए। १३ अक्टोबरका दिन संसारभर विश्व दृष्टि दिवस मनाउने गरिन्छ।

शिविरमा आँखा अस्पतालका नेत्र सहायक अफिसर रीना खड्की, नेत्र सहायक मिलन क्षेत्री र आइ हेल्थ वर्कर अचला शर्माले परीक्षण गरेका थिए । शिविरमा पत्रकारहरुमा आँखाका सामान्य समस्याहरु मात्रै पाइएको नेत्र सहायक अफिसर खड्गीले बताइन् । 

कामका दौरान कम्प्युटर, ल्यापटपजस्ता उपकरणमा अधिकांश समय बिताउनुपर्ने हुनाले अधिकांश सञ्चारकर्मीहरूमा आँखाको समस्या हुने गरेको छ । 

स्वास्थ्यकर्मीहरूले शिविरमा सहभागी सञ्चारकर्मीहरूलाई आँखा जाँचका साथै आँखाको बचाउमा पुर्याउनुपर्ने होसियारीका विषयमा पनि जानकारी गराएका थिए।