१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार १o:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दाँत स्वस्थ राख्ने उपाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:o३:oo

खानेकुरा चपाउनका लागि दाँत स्वस्थ राख्न जरुरी छ । दाँत स्वस्थ राख्न आफ्नो जीवनशैलीमा सुधार ल्याउनुपर्छ । त्यसैले रोगबाट बच्न आफ्नो दाँतको सफाइमा ध्यान दिन आवश्यक छ । 

डा. सुनैना श्रेष्ठ डेन्टिस्ट 

सुगरजन्य पदार्थ नखाने जुन पेयपदार्थमा सुगरको मात्रा बढी हुन्छ, त्यसले दाँतलाई असर गर्छ । यतिसम्म कि सुुगरफ्री ड्रिंक्समा समेत सोडा तथा अन्य फिँज आउने पदार्थ हुन्छ । यसले दाँतमा क्याबिटीको खतरा हुन्छ । फिँज आउने पेयपदार्थमा बढी मात्रामा कार्बोनिक एसिड हुन्छ । यसले दाँतको आवरण भागमा नोक्सान पुर्‍याउँछ । 

मादक पदार्थबाट टाढा
दिनहुँ अल्कोहलजन्य पदार्थ सेवन गर्दा मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा असर गर्छ । यसका नकारात्मक कुरा अझ धेरै छन् । एउटा अध्ययनअनुसार मादक पदार्थ सेवन गर्दा क्याबिटी र गिजाको रोग लाग्ने सम्भावना बढी हुन्छ । अझ, यदि तपाईं राति रक्सी पिएर सुत्नुहुन्छ भने त यसले दाँतमा झनै खराबी गर्छ । सो समयमा रक्सीका कारण झनै ब्याक्टेरिया सक्रिय हुन्छन् ।

नियमित चेकअप
जबसम्म हाम्रो दाँत दुख्दैन, क्याबिटी हुँदैन, तबसम्म हाम्रो डेन्टिस्टकहाँ नजाने बानी हुन्छ । यो सरासर गलत हो । हामी सकभर गम्भीर रोग लाग्नुभन्दा अघि नै डाक्टरकोमा जानुपर्छ । यदि तपाईंलाई दाँतसम्बन्धी गम्भीर रोग नै लागेको भए पनि नियमित चेकअपमा गएको खण्डमा समयमै ठीक हुन्छ । तपाईं दन्तक्यान्सरजस्तो ठूलो खतराबाट बच्न सक्नुहुनेछ । 

ad
ad