मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौंको कालिकास्थाननजिकै सडकछेउमा थुपारिएको फोहोर । तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २६ बुधबार ०६:२८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दसैँको फोहोर अझै चोकचोकमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २६ बुधबार ०६:२८:००

दसैँको वेला उपत्यकाका सडकमा थुप्रिएको फोहोर अझै उठिसकेको छैन । जसका कारण सडक कुरूप देखिन थालेको छ । महानगरले १६ देखि २० असोजसम्म फोहोर ढुवानी रोकेको थियो ।

यसपछि २० र २१ असोजको वर्षाले सिसडोल–बन्चरेडाँडा सडकमा पहिरो खसेपछि फोहोर व्यवस्थापनका लागि समस्या भएको थियो । त्यसयता २२ असोजदेखि फोहोर उठाउन सुरु गरिए पनि सडककिनार र टेकुमा थुप्रिएको फोहोर अझै व्यवस्थापन हुन सकेको छैन । 

काठमाडौं महानगरका अनुसार हाल उपत्यकाका सडक र टेकुमा करिब पाँच हजार मेट्रिकटन फोहोर थुप्रिएको छ । उक्त फोहोर दुई–तीन दिनमा उठाइसकिने महानगरका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । उनका अनुसार दसैँको वेला स्थानीयले फोहोरका गाडी नलैजान महानगरलाई अनुरोध गरेकाले रोकिएको हो ।

यसपछि २० र २१ असोजमा परेको पानीले बन्चरेडाँडानजिक सशस्त्रको क्याम्प क्षेत्रमा पहिरो गएपछि सडक अवरुद्ध भयो । उक्त पहिरो पन्छाएर २२ असोजदेखि फोहोर निरन्तर उठाउने र संकलन गर्न थालिएको महानगरको भनाइ छ ।