१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o७:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रुपन्देही– ५ मा घिमिरे एमालेको आधिकारिक उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:o२:oo

नेतृत्वको ‘खेलाँची’ले राष्ट्रिय सभामा गुम्यो एक सिट

रुपन्देही– ५ मा एमालेबाट वासुदेव घिमिरे प्रतिनिधिसभा सदस्यका लागि आधिकारिक उम्मेदवार भएका छन् । एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो, उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिकाबमोजिम घिमिरेले आधिकारिकता पाएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले बताए । 

आइतबार रुपन्देही– ५ मा एमालेबाट घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गरेका थिए ।

निर्देशिकामा दलले उम्मेदवारलाई औपचारिकपत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिकपत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ । निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिकाअनुसार पहिलोपटक दर्ता भएका घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताए ।

आयोगले घिमिरेलाई मान्यता दिएपछि भट्टराईले राष्ट्रिय सभा सदस्यको पदसमेत गुमाएका छन् । दुई वर्षे कार्यकाल बाँकी रहँदै भट्टराईले प्रतिनिधिसभा उम्मेदवार बन्न राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए ।