१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
२o८२ असार २० शुक्रबार १८:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शर्मालीकाे अमरगढी किल्लावरिपरि सजिवनको बिरुवा राेपियाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार १८:४९:oo

बैतडीको शिवनाथ गाउँपालिका– २, शर्मालीमा रहेको अमरगढी किल्लावरपर सजिवन रोपिएको छ। नजिकै रहेको नागार्जुन माविका विद्यार्थीले गाउँघरबाट सजिवनको हाँगा र बिरुवाहरू संकलन गरेर रोपेका पालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए।

किल्लावरपर सजिवनका करिब पाँच सय बिरुवा रोपेको उनले बताए। औषधिजन्य जडीबुटीको रूपमा चिनिने सजीवनको बिरुवालाई स्थानीय भाषामा इन्नों भन्ने गरिन्छ। यो बहुउपयोगी जडीबुटी भए पनि वन कार्यालयले यसको बिरुवा वितरण भने गरेको छैन।

बहुउपयोगी वनस्पति सजिवन हुर्काउन सके यो वातावरणमैत्री हुने र आम्दानीसमेत गर्न सकिने नागार्जुन माविका पूर्वप्राचार्य महामल साउदको भनाइ छ।

अमरगढी सामुदायिक वन क्षेत्रमा अहिले सल्लाको जंगल छ। सल्लाको रुखलाई विस्थापित गर्दै अन्य बिरुवा हुर्काउँदै जाने पालिका अध्यक्ष साउदको भनाइ छ। उनले भने, ‘भविष्यमा सल्लाको विकल्पमा अरू रुख बिरुवा रोप्ने लक्ष्य छ। त्यहीअनुसार सजिवनका बिरुवा रोपिएको हो।’

अर्को वर्ष किल्लावरपर आकासे टंकी निर्माण गर्ने, बाँज, कटुस, काफललगायतका अन्य बिरुवा रोप्ने योजना रहेको पालिकाले जनाएको छ। पालिकाले नै किल्लाको वरपर आठ सय मिटरजति घेराबार लगाइएको छ भने नेपाली सेनाले सडकदेखि किल्लासम्म २६३ मिटर कंक्रिटको बाटो निर्माण गरेको छ। 

अमरगढी सामुदायिक वन क्षेत्रमा पर्ने याे किल्ला कुमाउ युद्ध लड्न गोर्खाली सेनाले सन् १७९० को दशकमा निर्माण गरेको बताइन्छ। डडेल्धुराको अमरगढी किल्ला र भारतको लोहाघाँटको बिचमा पर्ने यो किल्ला संरक्षणका लागि पछिल्लो समय पालिका सक्रिय देखिएको छ।