मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
रासस काठमाडौं
Invalid date format २o:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शताब्दीपुरुष जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक 

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२६:oo

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ। 

सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।  

जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ। अस्पतालका अनुसार मुटुको चालसम्बन्धी समस्या देखापरेकाले सो नियन्त्रणका लागि सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार गरिएको  छ।