१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
२o८१ जेठ ९ बुधबार १६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिराहामा  निर्वाचन आचारसंहिता उल्लंघन रोक्न माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १६:o२:oo

प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने क्रममा व्यापक रूपमा आचारसंहिता उल्लंघन भएपछि त्यसलाई रोक्न सिराहा विकास मञ्चले माग गरेको छ।

सिराहामा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी दर्ता गराउने क्रममा दल र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले आफूहरूले आगामी दिनमा कडाइ गर्न जिम्मेवार निकायलाई खबरदारी गरेको सिराहा विकास मञ्चका संयोजक रामरिझन यादवले बताए।
 
जिल्ला आचारसंहिता अनुगमन समिति सिराहालाई आचारसंहिता पालना गराउन ज्ञापनपत्र बुझाएको भन्दै संयोजक यादवले आचारसंहिता कार्यान्वयन गर्न जोड दिनुपर्ने बताए। 

निर्वाचन आयोग ऐन, २०७८ को परिच्छेद ४ को दफा १३ (१) (ण)निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने उल्लेख भएकाले अनुगमन समितिले आचारसंहिताविपरीतका वारदात रोक्नुपर्ने संयोजक यादवले बताए।

ad
ad