Skip This
उम्मेदवारी दर्ता गराएपछि उपेन्द्रले भने- प्रतिगमनले तालमेललाई छेक्दैन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २३ आइतबार
  • Saturday, 27 July, 2024
सौरभ यादव राजविराज
२o७९ असोज २३ आइतबार १९:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उम्मेदवारी दर्ता गराएपछि उपेन्द्रले भने- प्रतिगमनले तालमेललाई छेक्दैन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ असोज २३ आइतबार १९:४१:oo

सप्तरी २ बाट दोस्रोपटक चुनाव लड्न लागेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनले तालमेललाई नछेक्ने बताएका छन्। सप्तरीको राजविराजमा आइतबार उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

‘मुद्दा वा विचारधाराको विषयमा आ–आफ्नो सहमति र असहमति छँदै छ,’ उनले भने, ‘यसले एमालेसँगको चुनावी तालमेलले छेक्दैन।’

जनता समाजवादी पार्टीले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले पहिलो र दोस्रोपटक संसद् विघटन गरेको घटनालाई प्रतिगमन भन्दै विरोध जनाएको थियो। नागरिकता विधेयक पारित गर्न एमालेले असहयोग गरेको भन्दै उनले असन्तुष्टिसमेत जनाएका थिए।