मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १८:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा सत्तागठबन्धनका उम्मेदवारहरूले गरे एकैपटक मनोनयन दर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१६:oo

मंसिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट मकवानपुरमा एकैपटक निर्वाचन अधिकृतको कार्यलयमा उपस्थित भएर मनोनयन दर्ता गराएका छन्। मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र १ को (क) र (ख) मा क्रमश माओवादी केन्द्रका प्रेमबहादुर पुलामी (छिन्तु) र नेपाली कांग्रेसका आनन्दराम पराजुलीले मनोनयन दर्ता गराएका हुन्।

यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका विरोध खतिवडाले मनोनयन दर्ता गराएका छन्। यस्तै, प्रदेश सभा सदस्यमा २ को (क) कुमारी मुक्तान र (ख)मा कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मनोनयन दर्ता गराएका छन्।

कांग्रेस महामन्त्री डिनाले मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै पार्टी नेतृत्वले आफूलाई समानुपातिक सूचीको पहिलो नम्बरमा राख्ने वचन दिएको भए पनि जनताबाट अनुमोदित हुन र जनतासँगै काम गर्नका लागि आफूले उम्मेदवारी दिएको बताइन्। उनले महिलाको प्रतिनिधित्वका लागि लड्दै आएको उल्लेख गर्दै त्यसका लागि पनि आफूले प्रत्यक्ष चुनावमा भाग लिन चाहेको बताइन्।

यस्तै, एकीकृत समाजवादीका नेता एवं पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि आफूहरू गठबन्धन बनाएर चुनावमा होमिएको बताए। उनले संविधान र लोकतन्त्रविरोधीहरूले राष्ट्रपतिलाई नागरिकताविरोधी प्रमाणित गर्न खोज्दै चुनाव भाँड्न खोजे पनि असफल भएको दाबी गरे।