१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीमा 'हेबिवेट'बीच प्रतिस्पर्धा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:५८:oo

गुल्मीमा प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवारले हर्सोल्लासपूर्ण वातावरणमा मनोनयन दर्ता गराएका छ्न्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गुल्मी क्षेत्र न १ मा एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका डा. चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन्। 

सोही निर्वाचन क्षेत्रको प्रदेश (क) मा माओवादीका सुदर्शन बराल र एमालेका चिन्तामणि पाण्डेय (ख) मा कांग्रेसका धनेन्द्रबहादुर कार्की र फर्शुराम पाण्डेयले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।

त्यस्तै, गुल्मी क्षेत्र न २ मा एमालेका गोकर्ण बिष्ट र एकीकृत समाजवादीका रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएकी छिन्। यस्तै, प्रदेश (क) मा एमालेका डिल्लीराज भुसाल र कांग्रेसका भुवनप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश (ख) मा एमालेका दिनेश पन्थी र माओवादीका बुद्धि जिसीले उम्मेदवारी दिएका छन्।

ad
ad