१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १६:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीमा तीन दलले टुंग्याए उम्मेदवार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:३७:oo

गुल्मीमा तीन दलले उमेद्वार टुंगो लगाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) गुल्मीले जिल्ला प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उमेद्वारको टुंगो लगाएको छ।

प्रतिनिधि सभा क्षेत्र नं १ मा एमाले उप–महासचिव प्रदिपकुमार ज्ञवाली र क्षेत्र नं २ मा एमाले सचिव गोकर्ण बिष्ट उम्मेदवार बनेका छन्। 

त्यस्तै क्षेत्र नं १ प्रदेश सभा (क) चिन्तामणी पाण्डेय उमेद्वार बनेका छन्। उनी एमालेको प्रदेश कमिटी सदस्य हुन्। प्रदेश सभा (ख) मा फर्सुराम पाण्डेय उमेद्वार बनेको नेकपा एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जानकारी दिए। पाण्डेय प्रदेश सम्पर्क कमिटी सदस्य हुन्। 

त्यस्तै क्षेत्र नं २ को प्रदेश सभा (क) मा डिल्लीराज भुसाल र (ख) मा दिनेश पन्थी उमेद्वार बनेका छन्। भुसाल प्रदेशकमिटी सदस्य र पन्थी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रहेका थिए। 

त्यस्तै नेकपा एकिकृत समाजवादीको तर्फबाट गुल्मी क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट रामकुमारी झाँक्री उमेद्वार बनेको जिल्ला अध्यक्ष श्रीराम महतले जानकारी दिए।

त्यस्तै नेकपा माओवादी केन्द्रले गुल्मी क्षेत्र नं २ को प्रदेश सभा (ख) मा बुद्धि जिसी र क्षेत्र नं १ को (क) मा सुर्दशन बराललाई उमेद्वार बनाउने निर्णय गरेको जिल्ला इन्चार्ज बिर बहादुर कार्कीले जानकारी दिए।

कांग्रेसले भने टिकटको बिषयमा छलफल गरिरहेकाेले आज बेलुकासम्म टुंगो लगाउने कांग्रेस सभापति खिलध्वज पन्थीले जानकारी दिए। 

गुल्मीमा एक लाख १३ हजार दुई सय ९८ महिला र एक लाख १० हजार तीन सय १५ पुरुष गरेर दुई लाख २३ हजार छ सय १५ जना मतदाता छन्। क्षेत्र नं १ मा एक लाख १९ हजार दुई सय ८८ र क्षेत्र नं २ मा चार हजार तीन सय २७ मतदाता छन्। 

एक सय ४२ मतदात स्थल र दुई सय ७८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकृत माया कुवरले जानकारी दिइन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि निर्वाचन गतिविधी सुरु गरेको छ। मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले मनोनयनको पुर्वसन्ध्यामा जिल्लाका राजनैतीक दल तथा सरोकारवालालाई मनोनयन र निर्वाचन अचारसंहिताको बिषयमा जानकारी गराएका छन्।
 
मुख्य तीन दल एमाले, कांग्रेस र माओवादीले आइतबार दिउँसो साढे २ बजेबाट मनोनयन सुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए। जिल्ला अदातलबाट निर्वाचन क्षेत्र नं १ र शिक्षा विकास तथा समन्वय एकाईबाट निर्वाचन क्षेत्र नं २ को मनोनयन हुने पौडेलले जानकारी दिए। 
 
 

ad
ad