मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २२ शनिबार १२:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले र जसपाबीच तालमेलको सहमति, जसपालाई १७ सिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २२ शनिबार १२:२८:००

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेलको सहमति भएको छ। शनिबार  एमाले अध्यक्ष केपी ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ तालमेल गर्ने सहमति गरेका हुन्।

१४ जिल्लामा तालमेलको सहमति भएकाे छ। जसमध्ये प्रतिनिधिसभातर्फ एमालेले ३५ सिट र जसपाले १७ सिट तथा प्रदेश सभातर्फ एमालेले ७० र जसपाले ४२ सिट पाउनेछन्।

तालमेल भएकाबाहेक अन्य निर्वाचन क्षेत्रहरूमा दुवै पार्टीले उम्मेदवारी दिन सक्ने र निर्वाचनपछि पनि निरन्तर सहकार्य रहने सहमतिपत्रमा उल्लेख छ।