१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:३४:oo

प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका– ४ फरिन्डेमा स्थानीय बमबहादुर राहुमगरको घर पहिरोमा पुरिएको हो । 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवं प्रहरी निरीक्षक सुशील थापामगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहुमगर र उनकी श्रीमती, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हीराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहुमगर बेपत्ता भएका छन् । 

 दिउँसो साढे ३ बजे घटना घटेलगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायब उपरीक्षक सुवास खड्कासहितको टोली घटनास्थलतर्फ गएको थापामगरले बताए ।  ‘अत्यधिक वर्षाका कारण जताततै पहिराले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ,’ उनले भने । रासस

ad
ad