१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज २१ शुक्रबार १०:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीगण्डकी करिडोर अवरुद्ध, दाउन्नेमा एकतर्फी यातायात सञ्चालन 

Read Time : < 1 मिनेट
२०७९ असोज २१ शुक्रबार १०:२२:००

लगातारको वर्षाले पूर्वी नवलपरासीको गैँडाकोट हुँदै पाल्पाको रामपुर जोड्ने कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । ठाउँठाउँमा पहिरो खसेका कारण हिजोदेखि नै उक्त सडकखण्ड अवरुद्ध भएको हो । 

बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिकाको तीन–चार ठाउँमा पहिरो खसेर दुईतर्फी नै बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।

 यता पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डमा पनि बिहान केही समय दुईतर्फी सडक अवरुद्ध भएको प्रहरीले जनाएको  छ । तथापि, अहिले सडक एकतर्फी सञ्चालनमा रहेको छ । 

जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक प्रदीप थापाका अनुसार दाउन्नेको विश्वकर्मा मन्दिरनजिकै पहिरो खसिरहेको छ भने दाउन्नेमा रूख ढलेर सडक अवरुद्ध भएको हो। पहिरो हटाई रूख काटेर सडक एकतर्फी खोलिएको उनले बताए ।