१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २४ सोमबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महिला मृत फेला

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:५२:oo

राजविराजमा एक महिला मृत फेला परेकी छिन् । राजविराज– ३ स्थित नेपाल सहकारीको नवनिर्मित भवनको दोस्रो तलाको छतका महिला मृत अवस्थामा फेला परेको सप्तरी प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए । 

प्रवक्ता सिंहका अनुसार रौतहट जिल्लाको चन्द्रनिगापुर नगरपालिका– ५ बस्ने हाल राजविराज नगरपालिका– ३ बस्दै आएकी ३३ वर्षीया रञ्जना राईको शव फेला परेको हो । मृतक महिला राजविराजको विभिन्न होटेलमा काम गर्दै आइरहेको परिवारजनले जानकारी दिए । 

श्रीमानसँग दुई वर्षदेखि छुट्टिएर एक्लै बस्दै आएकी राईको शव सोमबार दिउँसो ६ बजे फेला परेको हो । उनको हत्या गरिएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
 

ad
ad