१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o९:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पत्रकार उपचार कोषमा ६० लाख जम्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:५o:oo

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा रु. ६० लाख जम्मा भएको छ। महासंघ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको हो।

जिल्लामा पत्रकार, सर्वसाधारणदेखि व्यवसायीले समेत विवाह वर्षगाँठ र जन्मोत्सवमा कोषमा रकम सहयोग गर्दै आएका छन्। 

कोषको रकम रु. एक करोड पुर्‍याउने लक्ष्यका साथ सहयोगी दाताले दिएको रकम संकलन गरिरहेको महासंघ शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए।  

उपचार कोष वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले मेचीनगर नगरपालिका– ६ का ८४ वर्षीय कृष्ण उप्रेतीले आफ्नो जन्मोत्सवमा रु. २५ हजार सहयोग गरेका थिए। 

भानु साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका उनले जन्मोत्सवका अवसरमा कार्यक्रम नै आयोजना गरेर सो रकम अध्यक्ष गिरीलाई हस्तान्तरण गरेका हुन्। 

उनले यसअघि पनि जन्मोत्सवका अवसरमा स्थानीय क्लब, संघसंस्थालाई यसरी नगद रकम सहयोग गर्दै आएका छन्।  

ad
ad