Skip This
एमाले प्रवेश गर्दै छक्कबहादुर 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १७ सोमबार
  • Tuesday, 16 September, 2025
२o७९ असोज १७ सोमबार ११:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले प्रवेश गर्दै छक्कबहादुर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १७ सोमबार ११:oo:oo

सबैलाई छक्क पार्दै स्वतन्त्र तर्फबाट २०७४ को निर्वाचनको परिणाम हात पारेका माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गर्न लागेका छन्। 

माओवादी केन्द्रभित्र आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा टिकटका लागि हानथाप सुरु भएपछि लामा एमाले प्रवेश गर्न लागेका हुन्। 

एमाले हुम्लाका नेताहरुसँगको लामो छलफल र परामर्शपछि लामा आज एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा पार्टी प्रवेश गर्न लागेकाे  एमाले केन्द्रीय सदस्य तथा हुम्ला जिल्लाका सह-इन्चर्ज दल फडेराले जानकारी दिए।

पाँच दलीय गठबन्धनभित्र टिकट कसले हात पार्ने भन्ने चर्काचर्की सुरु भएका बेला माओवादी हुम्लामा राम्रो जनमत भएका नेता लामाको एमाले प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

तत्कालीन नेकपाभित्रको विवादमा समेत एमाले अध्यक्ष ओली निकट रहेका लामा अन्तत निर्वाचनको मुखमा आफ्नो टिमसहित एमाले प्रवेश गर्न लागेका हुन्। 

'उहाँ (छक्कबहादुर लामा) जिल्ला पार्टी र केन्द्रको सम्पर्कमै हुनुहुन्थ्यो आज औपचारिक पार्टी प्रवेश गर्ने निर्णय भयो' एमाले केन्द्रीय सदस्य तथा हुम्ला जिल्लाका सह-इन्चर्ज दल फडेराले भने, 'लामासँगै माओवादीको ठूलो टिमले पार्टी अध्यक्षसामु एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको छ।'