१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १६ आइतबार
  • Monday, 30 June, 2025
२o७९ असोज १६ आइतबार o९:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धारिलो हतियार प्रयोग गरी आमा र काकाको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १६ आइतबार o९:o९:oo

झापाको कमल गाउँपालिकामा धारिलो हतियार प्रयोग गरी दुई जनाको हत्या भएको छ। कमल गाउँपालिका-२ सिमलडाँगीमा एक युवाले आमा र काकाको हत्या गरेका हुन्। 

२३ वर्षीय चन्द्र माझीले गएराति आमा ५० वर्षीया चन्द्रकला माझी र ५० वर्षीय सन्तबहादुर माझीको खुकुरी प्रयोग गरी हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दीलिप गिरीले जानकारी दिए।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चद्रलाई राति नै पक्राउ गरेको उनले बताए। 'काका सन्तबहादुर लामो समयपछि भारतबाट आएका रहेछन्। आमा काकासँग मात्र हिँडेको भनेर हत्या गरेको बताएका छन्,' उनले भने,'प्रारम्भिक बयानमा हत्या स्वीकार गरेका छन्।'