१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १८:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खोटाङमा गुडिरहेको बसमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३o:oo

हलेसी तुवाचुङ नगरपालिका– १ बाहुनीडाँडास्थित कदुवानजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा.३ख ८९८१ नम्बरको यात्रुबाहक बसमा आज साँझ एक्कासि आगलागी भएको हो।

बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासि आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ। बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका छन्। बसमा ३२ यात्रु सवार थिए। 

उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिंमाङले जानकारी दिए। 

गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुले बताएका छन् । आगलागी भएको बस पुरानो भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए। रासस