मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५१:oo
Read Time : < 1 मिनेट
समाचार

विवेकशीलद्वारा रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ खारेज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५१:oo

विवेकशील साझा पार्टीले रवीन्द्र मिश्रको विवादस्पद दस्ताबेज ‘विचारभन्दा माथि देश’ खारेज गरेको छ।  

शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले आशावादी राजनीतिक मिसन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्ताबेज खारेज गर्ने निर्णय गरेको हो।

बैठकले सो दस्ताबेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी सबै प्रकारको समस्याको समाधान गर्न अग्रसर हुने निर्णय गरेको छ।

पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैठकले पार्टीभित्र देखापरेको  वैचारिक असहमतिका कारण विगतदेखि नै राजीनामा दिएका, असन्तुष्ट भएर निष्क्रिय रहेका र वैचारिक संघर्षमा सम्मिलित पार्टीका सम्पूर्ण नेता तथा सदस्यलाई  विवादस्पद र घातक दस्ताबेज ‘विचारभन्दा माथि देश’ खारेज गरिसकिएकाले पार्टीमा पुन: सक्रिय हुन, पार्टी निर्माणसँगै आसन्न निर्वाचनमा होमिन हार्दिक अपिल गरेको छ।’