१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ असोज १५ शनिबार ०८:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरको बकैयामा ट्याक्टरबाट खसेर युवकको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ असोज १५ शनिबार ०८:५२:००

मकवानपुरको बकैया गाउँपालिकामा गुडिरहेको ट्याक्टरबाट खसेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार बकैया–५ श्रीपुरका अन्दाजी २२/२३ वर्षीय सुमन लो रहेको प्रहरीले जनाएको छ ।

धरान चतरा सडकखण्ड अन्तर्गत बकैया–५ तिनतलेमा ना ७ त ५०७२ नम्बरको ट्याक्टरबाट खसेर लोको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जानकारी दिए । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको डिएसपी कार्कीले बताए ।

लो सोही ट्याक्टरमा लेबर काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा गुडिरहेको समयमा अचानक खसेका लोलाई ट्याक्टरको टेलरको पछाडिको चक्काले किच्दा उनी गम्भिर घाइते भएका थिए ।