Skip This
ऊर्जामन्त्रीको निर्देशन- चाडपर्वमा विद्युत् सेवा अवरुद्ध नहोस् 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १४ शुक्रबार १८:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ऊर्जामन्त्रीको निर्देशन- चाडपर्वमा विद्युत् सेवा अवरुद्ध नहोस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १८:५o:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छिन्। 

प्राधिकरणका उच्च तहका कर्मचारीलाई आज मन्त्रालयमा बोलाएर मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारी बिदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आमजनताको हितमा काम गर्न र अविच्छिन्न विद्युत् सेवा प्रवाह गर्न निर्देशन दिएकी हुन्।  

उनले भनिन्, ‘जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ। जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नु भएन।’

उनले केहीबेर पनि विद्युत् गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै सो हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिन्। 

सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरू जस्तोसुकै असहज परिस्थितिमा पनि सेवामा लागिरहेको भन्दै यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिए।