१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्माणाधीन संसद् भवनकाे काममा गति बढाउनूस् : अध्यक्ष तिमिल्सिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३५:oo

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको निर्माणाधीन भवनको अवलोकन गरेका छन्।

सिंहदरबार परिसर भित्र संघीय संसदका दुई सदन राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको बैठक कक्षलगायत विभिन्न भवनहरुको शुक्रबार स्थलगत अवलोकन गरेका हुन्। 

निर्माणाधीन भवन अवलोकनका क्रममा अध्यक्ष तिमिल्सिनाले हालसम्मको कार्यप्रगति सन्तोषजनक नरहेको बताउँदै तोकिएको समयमा निर्माण सम्पन्न गर्न तीन सिफ्टमा काम गराउन निर्देशन दिए। 

उनले आयोजनाको सम्पन्न गर्नुपर्ने समय सकिन लागेको अवस्थामा पनि ६० प्रतिशत भौतिक प्रगति भएकाले गति दिन निर्माण व्यवसायी तथा सम्बन्धित कार्यालयलाई आग्रह गरे। 

'अहिलेको गतिले बाँकी समयमा यो आयोजना सम्पन्न हुने देखिँदैन,' उनले भने, 'केही काम रातिमा गर्नसकिने हुन्छ। एकसाथ गर्न सकिने कामलाई जनशक्ति तथा श्रोतसाधन थप गरेर भएपनि गति दिनतर्फ लाग्नुस्। २०८० असोजसम्म काम सम्पन्न गरेर उद्घाटन गर्नुपर्छ।'

२०७६ असोजमा निर्माण सुरु भएको यस आयोजनाको सुरुमा सम्पन्न अवधि तीन वर्ष तोकिएको थियो।हाल कोभिडका कारणले थप गरिएको ६ महिनासहित चैत्र मसान्तसम्म म्याद रहेको सहरी विकास तथा भवन डिभिजन विभागअन्तर्गतको आयोजना समन्वय कार्यालयले जनाएको छ।

आयोजना कार्यालयका अनुसार यस भवनको ठेक्का सम्झौता रकम ५ अर्ब २ करोड छ। कुल १५१ रोपनी क्षेत्रफलमा फैलिएको संघीय संसद प्राचिन स्वरुपमा निर्माण भइरहेको हो।

निर्माणाधीन भवन अवलोकनअघि शहरी विकास तथा भवन डिभिजन विभागअन्तर्गतको आयोजना समन्वय कार्यालयले अहिलेसम्मको कार्य प्रगतिबारे जानकारी गराएको थियो।