मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

थप ३७ विद्युतीय बस ल्याउँदै साझा यातायात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४८:oo

साझा यातायातले चीनबाट थप ३७ वटा विद्युतीय बस ल्याउने भएको छ। साझाले चीनबाट ल्याउन लागेका विद्युतीय बस शुक्रबार कोदारी हुँदै न्यान्जिङबाट काठमाडौंका लागि छुटेका छन्।

४० वटा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको साझाले तीनवटा विद्युतीय बस यसअघि नै काठमाडौं ल्याइसकेको छ। चीनबाट छुटेका बस केही दिनमै बाेर्डरमा आइपुग्ने भए पनि बिदाका कारण दसैँपछि मात्र भन्सार पास हुनेछ।

बस काठमाडौं आइपुगेपछि पनि थप कागजी प्रक्रिया र प्राविधिक कामहरू गर्नुपर्ने भएकाले तत्कालै सञ्चालनमा भने आइनहाल्ने साझा यातायातका सञ्चालक समिति सदस्य भूषण तुलाधरले बताए।

‘सम्भवतः दसैँ–तिहारको बीचमा काठमाडौं आइपुग्छ होला। काठमाडौं आएपछि पनि थप टेस्टिङहरू गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कागजी प्रक्रिया र प्राविधिक चेकजाँचका कामहरू गर्नुपर्ने भएकाले हामीकहाँ आएको कम्तीमा पनि एक महिना लाग्न सक्छ सञ्चालनमा ल्याउन।’