मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर ११ आइतबार
  • Sunday, 27 November, 2022
गायक सुगम पोखरेल
२०७९ असोज १४ शुक्रबार ०९:०२:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

दसैंमा लंगुरबुर्जा खेलेको मीठो सम्झना छ

सुगम पोखरेलको दसैँ सम्झना

Read Time : < 1 मिनेट
२०७९ असोज १४ शुक्रबार ०९:०२:००

दसैँले मान्छेलाई घर फर्कने बहाना दिएको छ । संसारको जुनसुकै कुनामा भए पनि दसैँमा घर आउनुपर्छ भन्ने सबैको मनमा हुन्छ । यस अर्थमा दसैँ परिवारको पुनर्मिलन हुने समय हो । पहिले–पहिले त मिठो खान र नयाँ लुगा लगाउन पनि दसैँ नै पर्खनुपथ्र्याे । तर, मेरो हकमा यसपटक दसैँ–तिहार नै अस्ट्रेलियामा बित्छ । सांगीतिक टुरका लागि त्यहाँ जाँदै छु, घरपरिवार मिस हुनेछ । 

मलाई अझै याद छ, दसैँमा टेलरमा कपडा सिलाएर लगाउनुपथ्र्याे । अहिले सबैले जिन्सको कपडा लगाउँछन् । बाल्यकालको दसैँले मलाई ‘नोस्टाल्जिक’ बनाउँछ । नेपालमा हुँदा चण्डी पाठ गर्थें । नौ दिनसम्म मासु खाँदिनँ, यसले मलाई राम्रो गरिरहेको हुन्छ । मन शान्त हुन्छ । पहिले दसैँको वेलामा माछा–मासु खान्थेँ । चार वर्षजस्तो भयो, दसैँको वेलामा कडा नियममा बस्ने गरेको छु । 

लिंगेपिङको सम्झना 
मलाई लिंगेपिङ खेलको याद आउँछ । यात्रा गर्दा कतै देखेँ भने पिङमा चढ्छु । साथीसँग पैसा उठाएर पिङ बनाउँथ्यौँ । लंगुरबुर्जा पनि खेलिन्थ्यो । विराटनगर जाँदा भाइहरूले लंगुरबुर्जा खेलाउँथे, उनीहरूसँग खेल्थेँ । अझै पनि खेल्न मन लाग्छ । तास कहिलेकाहीँ साथीहरू जमघट हुँदा वा घरपरिवारसँग बस्दा खेल्छु । तासमा एक रुपैयाँ हारेँ भने पनि रुन मन लाग्छ ।

पहिले पनि साथीहरू पैसामा तास खेल्थे, मचाहिँ हेरेर बस्थेँ । बालापनको दसैँमा अर्कै आनन्द हुँदोरहेछ । उमेर बढ्दै गएपछि पहिले जस्तो सेलिब्रेसन नहुँदोरहेछ । दसैँमा साथीभाइहरू मिलेर फिल्म हेर्न गइन्थ्यो । विजयादशमीको दिन घरनजिकै विभिन्न मेला लाग्थ्यो । सबै समूहमा मिलेर गइन्थ्यो । मामाघर जान खुब रमाइलो लाग्थ्यो । दक्षिणा पाइन्छ भन्ने रहर हुन्थ्यो । रिक्सामा चढेर गइन्थ्यो । पाँच रुपैयाँ दक्षिणा पाउँदाको खुसी पनि ठूलो हुन्थ्यो । दसैँको वेला साथीहरूसँग पोस्टकार्ड आदाप्रदान हुन्थ्यो । अहिले दुनियाँ भर्चअुल भएको छ । अक्षरसँगको आत्मीयता हराएको छ ।