१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२२:oo

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना  हुँदा चालकको मृत्यु भएको छ। हिमा गाउँपालिका– १ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना भएकाे हाे। दुर्घटनामा सहचालक घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधकार राति दुर्घटना हुँदा मकवानपुरनिवासी चालक अविनाश लामाको निधन भएको हो। सो दुर्घटनामा सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएको भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घाइतेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला लगिएको थियो। घाइते न्यौपानेको टाउकोमा चोट लागेको छ।
  
हिमा गाउँपालिका– १ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार हिमा गाउँपालिका– १ को बझाङे खोलामा ट्रक दुर्घटना भएको हो। 

जुम्ला कनकासुन्दरी गाउँपालिका गुठिज्युलाबाट स्याउ लिएर सुर्खेत जाँदै गरेको ट्रक राति दुर्घटनामा परेको खबर पाएपछि हिमा गाउँपालिका– १ मा रहेको प्रहरी चौकीले उद्धार गरेको थियो। प्रहरी चौकी बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाईं नेतृत्वको टोली उद्धार गरेको हो।