मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Saturday, 12 July, 2025
रासस काबुल
२o७९ असोज १३ बिहीबार १४:३८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

तालिबानद्वारा महिला जुलुसमाथि हवाई फायर

Read Time : < 1 मिनेट
रासस, काबुल
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १४:३८:oo

प्रहरीको हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको विरोधमा इरानमा भएको विरोध प्रदर्शनलाई समर्थन गर्ने महिला जुलुसलाई तितरबितर पार्न तालिबान सेनाले बिहीबार गोली चलाएको छ।

२२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि छिमेकी देशहरूमा विगत दुई हप्तादेखि व्यापक विरोध प्रदर्शन भइरहेका छन्। ‘एउटै नारी’, ‘नारी, जीवन, स्वतन्त्रता’लगायतका  विषय उठाउँदै विरोध प्रदर्शन जारी छ।

महिला प्रदर्शनकारीले ‘इरान उठ्यो, अब हाम्रो पालो’ लेखिएको ब्यानर बोकेका थिए। ‘काबुलदेखि इरानसम्म, तानाशाहीलाई नभन्नुहोस्’लगायतका नारा प्रदर्शनीमा उच्चारण गरिएका छन्।