मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
२o८२ असोज १ बुधबार २o:oo:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारका १५ कार्यालयमा तोडफोड र आगजनी

१६९ सवारीसाधनसहित करिब तीन सय ल्यापटप र कम्प्युटरमा क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार २o:oo:oo

जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश सरकारको पोखरामा रहेका १५ सहित मातहतका २५ बढी कार्यालयहरुमा तोडफोड र आगजनी भएको छ। भवनसँगै प्रदेश प्रदेश सरकारका ५१ वटा चारपाङ्ग्रे सवारीसाधन जलेका छन् भने चार वटामा तोडफोड भएको प्रारम्भिक विवरण छ।

यसैगरी ११४ थान दुई पाङ्ग्रे सवारीसाधन, ५८ थान एसी, ५१ थान ल्यापटप, १०३ थान कम्प्युटर, ५१ थान फोटोकपि÷प्रिन्टर, १५ थान टेलिभिजन, ६ थान स्क्यानर, चार थान क्यामेरा, पाँच थान भिडियो क्यामेरा, ६ थान जेनेरेटर, एक थान डिजिटल बोर्ड, तीन थान मोबाइल तथा १७ थान प्रोजेक्टरमा तोडफोड र आगजनी भएको छ।

यसका साथै तोडफोड र आगजनी भएका भवनहरुमा रहेका फर्निचरहरु, अन्य विद्युतीय सामग्रीहरु जलेका छन् भने केही सामानसहित चार लाख ४२ हजार नगद चोरी भएका छन्।