मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १२ बुधबार
  • Tuesday, 15 July, 2025
नवीन गुरुङ संखुवासभा
२o७९ असोज १२ बुधबार १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खाँदबारी-किमाथांका सडक बेहाल, गाडी स्टाफको बाटोमा नै बास 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७९ असोज १२ बुधबार १८:१७:oo

पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी किमाथांका नाका जोड्ने उत्तरकोसी-ल्हासा राजमार्गको अवस्था दर्दनाक छ। खाँदबारीदेखि किमाथांका नाका जोड्ने उक्त सडकखण्डको लम्बाई १६२ किमि रहेको हो। 

तीमध्ये अहिले ५० किमि अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइड फ्याक्सिन्दासम्म मात्रै नियमित रूपमा यातायातका साधन सञ्चालनमा छ। खाँदबारीदेखि फ्याक्सिन्दासम्मको ५० किमि सडक पार गर्न कति दिन लाग्छ भन्ने नै यकिन नहुने चालकहरू बताउँछन्। हिउँदमा ६-७ घण्टामा पुगिने बाटोमा बर्खाको समयमा कहिले पुगिन्छ भन्ने ठेगान नै नहुने उनीहरूको भनाइ छ।

वीरगन्जबाट अरुण तेस्रोको सामान बोकेर आएका सुरेश श्रेष्ठ खाँदबारी–७ लभिङहिलमा फसेर बसेको बुधबार (आज) ३ दिन भयो। लभिङहिलमा ६०/७० वटाभन्दा बढी मालबाहक यातायातका साधानहरू फसेर बसेका छन्। बिहानदेखि राति अबेरसम्म गाडी तार्न प्रयास भइरहे पनि तार्न नसकिएको श्रेष्ठको गुनासो छ। 

‘यही एकैठाउँमा ३ दिन भयो फसेको, यो कटेपछि पनि अगाडि सुमन चोक, मिलन चोक र पाङ्मामा भेनियरमुनिको सडकको अवस्था उस्तै छ। गाडीमा चामल ग्याँस बोकेर हिँडे पनि बीचैमा सकिने अवस्था भइसक्यो, दसैँको दिन नजिकिँदै छ, सामान पुर्‍याएर जहान बच्चासँग दसैँ मनाउन मन छ तर कहिले पुगिने हो, कहिले फर्किनु, बीचैमा सामान छोडेर हिँड्न पनि मिलेन। साह्रै गाह्रो भएको छ,’ चालक श्रेष्ठले थपे, ‘एउटै गाडीले करिब ३५ टनसम्म सामान बोकेको छ। कतिपय ठाउँहरूमा वैकल्पिक बाटोसमेत छैन तर लभिङहिल माथिका नयाँ बजारको वैकल्पिक बाटो भए पनि त्यो बाटोमा धेरै कच्ची घरहरू भएकाले थर्किएर भत्किने सम्भावना छ। मुख्य राजमार्गको अवस्था दर्दनाक छ।’

बिहानदेखि बेलुकीसम्म बाटो तार्ने प्रयास गर्दा सडकको अवस्था अत्यन्तै नाजुक भएको छ। सडक भत्किएर सडकमुनिका घरहरूमा पहिरो भलबाढीकोसमेत खतरा बढेको छ। खाँदबारी—फयाक्सिन्दा सडकखण्डको ठाउँ–ठाउँमा पहिरो र सडक हिलाम्मे भएको छ। ठूला–ठूला खाल्डाखुल्डीका कारण साना यात्रुबहाक ट्याक्सी र बसलाई समेत आवतजावत गर्न समस्या भएको छ।