१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ असोज १२ बुधबार ०६:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानको मूलपानीमा जिप दुर्घटना : आठजनाको मृत्यु, एक घाइते 

Read Time : < 1 मिनेट
२०७९ असोज १२ बुधबार ०६:३६:००

सल्यानको कपुरबोट गाउँपालिका– ३ मूलपानीमा जिप (डबल क्याब) दुर्घटना भएको छ । दुर्घटनामा परी आठजनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर ढकेरीबाट सल्यानको रिमतर्फ जाँदै गरेको रा.१ज ५६३ नम्बरको जिप बुधबार बिहान ३ : ३० बजे अनियन्त्रित भएर सडकबाट एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिपमा सवार नौजनामध्ये आठजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एकजना महिला र सातजना पुरुष छन् । एक पुरुष भने गम्भीर घाइते अवस्थामा भेटिएका छन् । मृतक र घाइते कसैको पनि सनाखत हुन नसकेको प्रहरी नायव निरीक्षक नेत्रबहादुर नेपालीले जानकारी दिए ।