१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार २o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

रुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झन्डै ३७ हजार संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २o:२४:oo

विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ। कोरोना भाइरसविरुद्धको खोपसमेत आविष्कार गरेको रुसले आफ्नै देशमा त्यसको महामारी नियन्त्रण गर्न भने अझैसम्म पनि असफल भएको हो।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार रुसमा अहिले पनि दैनिक झन्डै ३७ हजार मानिस कोरोना भाइरसबाट संक्रमित हुने गरेका छन्। रुसको आधिकारिक निकायले मंगलबार थप ३६ हजार ६०५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ। योसँगै अहिलेसम्म कुल संक्रमितहरूको संख्या दुई करोड आठ लाख ६९ हजार ७१४ पुगेको पनि अधिकारीहरूले जनाएका छन्।  

ad
ad