१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘ओलीले गरेका काम तन्नेरीले गरेभन्दा राम्रा छन्’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४४:oo

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाइँको रूपमा लिन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। 

एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरूलाई सम्बोधन गर्दै उहाँले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रूपमा मात्रै ठान्न नहुने बताए। 

उनले भने, ‘यो निर्वाचनलाई केवल निर्वाचन मात्रै ठान्न हुँदैन । यसपटकको निर्वाचन लडाइँको रूपमा हाम्रो अगाडि छ, जुन लडाइँ हामीले जित्नैपर्छ। जित्नैपर्ने लडाइँको रूपमा हामी यो निर्वाचनमा छौँ।’

पोखरेलले पाँचदलीय गठबन्धनलाई एमालेले पराजित गर्ने दाबी गरे। उनले भने,  ‘गठबन्धनको कुनै सिद्धान्त, उद्देश्य, दृष्टिकोण, कार्यक्रम र गन्तव्य छैन । यो गठबन्धनको उद्देश्य एमालेलाई समाप्त गर्न चाहने मात्रै हो । यो गठबन्धनको आपराधिक षड्यन्त्रलाई पराजित गर्न सबै लाग्न जरुरी छ।’ 

पोखरेलले नाै लाख पार्टी सदस्य भएका कारण एमालेको बहुमत आउने दाबी गरे। उनले एक लाखभन्दा बढी विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेको बताए। ‘नाै लाख सदस्य भएको पार्टीलाई कसैले पराजित गर्न सक्दैन। त्यसैले एमालेले बहुमत ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउँछ,’ पोखरेलले भने। 
 
उनले उमेरले युवा र बुढो नहुने बताए। केपी ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा कम नभएको बताए। उनले भने, ‘केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेभन्दा राम्रा छन् । केपी ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन् ।’