मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ११ मंगलबार
  • Thursday, 10 July, 2025
मोहन विष्ट कञ्चनपुर
२o७९ असोज ११ मंगलबार १३:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महेन्द्रनगर बजारमा म्याद गुज्रिएका खाद्य सामग्री छ्यापछ्यापी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ असोज ११ मंगलबार १३:३२:oo

महेन्द्रनगर बजारमा म्याद गुज्रिएका खाद्य सामग्री भेटिएका छन्। भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजारका विभिन्न किराना पसलमा भेटिएका हुन्। 

 जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दसैँ, तिहारका वेला बजारमा अनुगमनमा क्रममा भेटिएका म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरेको छ। 

मंगलबार पनि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको नेतृत्वमा संयुक्त बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ओमशाही किराना पसलबाट २७ बोरा चामल बरामद गरेको हो। 

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोकसिंह भण्डारीले ओमशाही किराना पसलबाट म्याद सकिएका खाद्य सामग्री बरामद गरिएको बताए। ‘हामीले म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरेका छौँ,’ सहायक प्रजिअ भण्डारी भने, ‘चामलको बोरामा उत्पादन मिति नै भेटिएन।’ 

ओमशाही किराना पसलका सञ्चालक कैलाश गुप्ताले भैरवहाबाट चामल ल्याएको बताए। उनले शिखर फुड्स प्रालिबाट भारतीय कम्पनीबाट उत्पादित चामलमा त्रुटि भएको स्वीकार गर्दै साहुलाई पैसा नदिने बताए।

 सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बजारका अन्य पसलमा समेत म्याद गुज्रिएका सामान भेटिएको र बरामद गरिरहेको बताए। ‘चाडबाडका वेला खाद्य सामग्रीमा मिसावट, म्याद गुज्रिएका सामान बिक्री–वितरण भइरहेका छन,’ उनले भने, ‘आमउपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने चेलखेल रोक्नका लागि समयमै अनुगमन गर्दै छौँ ।’ 

महेन्द्रनगर बजारमा संयुक्त बजार अनुगमन हुन थालेपछि कालोबजारी गर्नेवालाहरू त्रसित भएका छन्। उपभोक्ताले नियमित बजार अनुगमन गर्नुपर्नेमा जोड दिएका छन्।