१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o६:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सन्दीपविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:४१:oo

बालिका बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरीले ‘डिफ्युजन’ नोटिस जारी गरेको छ । नेपाल प्रहरीले दुई दिनअघि उनीविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी गरेको हो । नोटिस जारी भएको पत्र प्रहरीले इन्टरपोलमा पठाइसकेको छ । इन्टरपोलले नेपाल प्रहरीबाट प्राप्त पत्र आफ्नो ‘सर्भर’मार्फत सदस्य मुलुकका प्रहरीलाई पठाउनेछ । पत्रपछि इन्टरपोलमा आबद्ध एक सय ३५ देशका प्रहरी उनको खोजीमा सक्रिय हुनेछन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले सन्दीपविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी भएको बताए । ‘सन्दीपविरुद्ध दुई दिनअघि नै ‘डिफ्युजन’ नोटिस जारी भएको छ । पत्र इन्टरपोलमा पठाइसकिएको छ । अब उनको खोजी इन्टरपोलमार्फत हुनेछ । त्यसका लागि आवश्यक तयारी सबै पूरा भएका छन्,’ उनले भने ।

सन्दीपविरुद्ध गत २१ भदौमा १७ वर्षीया बालिकाले जबर्जस्ती करणीको उजुरी प्रहरी वृत्त गौशालामा दर्ता गरेकी थिइन् । त्यसवेला सन्दीप क्यारेबिन प्रिमियर लिग खेल्न ट्रिनिडाड एन्ड टोबागोमा थिए । गत ६ भदौमा केन्यामा भएको एकदिवसीय र टी–२० सिरिजमा सहभागी भएपछि उनी टोबागो गएका थिए ।

अभियोग लागेको सूचनापछि उनलाई नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट हटाएको थियो । लगत्तै क्यारेबियन प्रिमियर लिग खेल्नबाट उनी वञ्चित भएका थिए । त्यसयता उनी सम्पर्कविहीन छन् । 

आइतबार राति मात्रै सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘आफू डिप्रेसनबाट ग्रसित भएको र नियमित चिकित्सकको निगरानीमा बसेको’ भन्दै स्टाटस सार्वजनिक गरेका थिए । 

ad
ad